Nic Ad Nic Ad
Nic Ad Nic Ad

गगनप्रति रविको प्रश्न- मैले सहकारीबाट ऋण लिएको प्रमाण खोइ ?

सोमबार, साउन १४, २०८१

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काँग्रेस महामन्त्री गगन थापालाई आफूमाथि लगाएको आरोपको पुष्टि गर्न चुनौती दिएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सहकारीमा आफूले निवेदन दिएर ऋण लिएको प्रमाण अहिलेसम्म नपाएको बताए ।उनले गगनलाई लक्षित गर्दै भने, ‘एकजनाले मैले सहकारीबाट ऋण लिएको प्रमाण छ भन्नुभएको थियो, मैले भनेको थिएँ त्यो प्रमाण बाटोमा तपाईँले जहाँ फ्याँकेर हिँडेपनि म राजनीति छाड्छु भनेर । मैले आजसम्म त्यो प्रमाण पाउन सकेको छैन । यसरी सदनलाई झुक्क्याउने गलत कुराहरू भन्दिने ।’

उनले ठूला भ्रष्टाचारको काण्डहरुमा गलत सूचनाहरू दिएर संसद् र राष्ट्रलाई भ्रममा पार्ने काम गर्न नहुने बताए ।

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १५:५४
प्रतिक्रिया दिनुहोस्