Nic Ad Nic Ad
Nic Ad Nic Ad

विशाल र अनुको आवाजमा रहेको 'तिम्रो ओठको रंग' सार्वजनिक

सोमबार, साउन १४, २०८१


 काठमाण्डौँ।  विशाल थापा र अनु चौधरीको स्वरमा रहेको नयाँ म्युजिक भिडियो “तिम्रो ओठको रंग“ सार्वजनिक भएको छ । प्रेमकथामा आधारित सो गीतलाई गायक तथा सिनेम्याटोग्राफर विशाल थापाको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । 

भिडियोमा कलाकार द्वय सुरेश कोली र अप्सना बलामीको अभिनयको साथै मनमोहक दृश्यहरूले गीतलाई अझ जीवन्त बनाएको छ । विशाल थापा र अनु चौधरीको मेलोडियस आवाजले गीतलाई विशेष बनाएको छ, जसले गीतमा भावनाको गहिराईलाई व्यक्त गर्न सफल भएको छ ।

गीतको शब्द र संगित लेखु सहयात्रीले गरेका छन् भने एरेन्ज बिसम आचार्यले गरेका छन् । भिडियोको छायांकन गायक विशाल थापालेनै गरेका हुन भने, दिलसन शाहाले सम्पादन गरेका छन् । सो गीतलाई बि.एस क्रिएसनको टिमले निर्देशन गरेको हो । 

विशाल थापा र अनु चौधरीको स्वरमा रहेको यो गीतलाई दर्शक तथा श्रोताले निकै मन पराएका छन । सो गीतको सामाजिक सञ्जाल प्लेटफममा चर्चा भईरहेको छ । 

भिडियोः 

">http://

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १६:०२
प्रतिक्रिया दिनुहोस्