Nic Ad Nic Ad
Nic Ad Nic Ad

यी हुन् बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका ११ निर्णयहरू

सोमबार, साउन १४, २०८१

काठमाडौं : सरकारले गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक गरेको छ। सोमबार सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रालयमा पत्रकार सम्मेलन गरी साउन १० गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्।

प्रवक्ता गुरुङले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम–पहिलो चरणअन्तर्गत उपलब्ध हुने १३ अर्ब ३३ करोड बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको जानकारी दिए।

यसैगरी सरकारले प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमका लागि विश्व बैंकबाट करिब ३३ अर्ब ३३ करोड रुपैयाँ बराबरको ऋण स्वीकार गर्ने भएको छ । 

बैठकले तल्लो मोदी–नयाँ मोदी १३२ केभी प्रसारणलाइन आयोजनाअन्तर्गत पर्वत जिल्लामा करिब शून्य दशवल ९४७ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति दिने निर्णय गरेको छ। त्यस्तै बैठकले विभिन्न १५ जिल्लाका २ लाख ७१ हजार ६ सय ४० गरिब परिवारको अन्तिम सूची स्वीकृत गर्ने निर्णय गरेको छ।

त्यस्तै बैठकले नेपाल विश्वविद्यालय पूर्वाधार विकास तयारी समिति (गठन) (दोस्रो संशोधन) आदेश २०८१ स्वीकृत गर्ने निर्णय गरेको गुरूले बताए।

 बैठकले झापा,मोरङ,सुनसरी,सिरहा,बारा,सर्लाही,नवलपुर,गोरखा,नवलपरासी,कपिवस्तु,बाँके,बर्दिया र कैलाली जिल्लाका १९ स्थानमा विद्युतीकरण विस्तार तथा चुहावट न्यूनिकरण आयोजनाअन्तरगत ३३/११ केभी सवस्टेसन निर्माणका लागि जग्गा प्राप्ति गर्न स्वीकृति दिने निर्णय गरेको  छ।

null

 

facebook sharing button

messenger sharing button

twitter sharing button

whatsapp sharing button

viber sharing button

sharethis sharing button

 

प्रतिक्रिया दिनुहोस्