Nic Ad Nic Ad
Nic Ad Nic Ad

शैक्षिक सुधार, भगिनी सम्बन्ध स्थापना र व्यापारिक सहकार्यमा महानगरपालिका सकारात्मक : उपप्रमुख डंगोल

सोमबार, साउन १४, २०८१

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलसँग सोमबार चीनको पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सिपिपिसिसी) हुवेइका उपाध्यक्ष याङ् युहुन नेतृत्वको प्रतिनिधि मण्डलले शिष्टाचार भेट गरेको छ । भेटका क्रममा आपसी सहकार्य सम्भावनाका क्षेत्रका विषयमा कुराकानी भएको थियो ।

कुराकानीका क्रममा उपप्रमुख डंगोलले आपसी सहकार्यका क्षेत्र धेरै देखिएको बताउँदै कुनै एक क्षेत्रबाट सहकार्य थालनी गरेर दिगो बनाउँदै लैजानु पर्ने बताइन् । सिपिपिसिसीका उपाध्यक्ष दुहुनले, भगिनी सम्बन्ध स्थापना, शैक्षिक सुधार, व्यापारिक तथा वाणिज्य सम्बन्ध आपसी कार्यक्रम हुने बताएपछि उपप्रमुख डंगोलले यस्तो धारणा राखेकी हुन् । ‘५० वर्गकिलोमिटर क्षेत्रभित्र विश्व सम्पदा क्षेत्रमा सूचीकृत ४ वटा स्थल हुनु, यी हरेक स्थलहरु पैदल दुरीमा हुनु काठमाडौँको सांस्कृतिक पहिचान हो ।’ उपप्रमुखले भनिन, ‘सामुदायिक शिक्षामा हामीले संघ सरकारको भन्दा धेरै लगानी गरेका छौँ । स्थानीय उत्पादन प्रवर्धन गर्न पेय पदार्थ ‘ऐला ब्राण्डिङ्’ गर्दैछौँ । महिला क्षमता विकासका लागि ‘एक वडा एक उद्यम कार्यक्रम’ चलाएका छौँ । हस्तकलाका सामान उत्पादनलाई प्रोत्साहित गरेका छौँ । यी क्षेत्रको विकास, प्रवर्धन र व्यवस्थापनमा आपसी ज्ञान, सिप र क्षमताका लागि सहकार्य गर्न हामी सकारात्मक छौँ ।’

त्यस क्रममा उपाध्यक्ष दुहुनले काठमाडौँ महानगरपालिकासँग चीनको मध्य क्षेत्रबाट हुवेइ नगरको भगिनी सम्बन्ध स्थापना गर्न इच्छुक रहेको बताए । ‘चीनका ७ वटा सहरसँग महानगरपालिकाको भगिनी सम्बन्ध छ । मध्य क्षेत्रसँग बाँकी छ ।’ उहनले भने, ‘हामी औपचारिक सम्बन्धबाट हाम्रा असल अभ्यासहरु बाँड्न चाहन्छौँ ।’

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १८:१७
प्रतिक्रिया दिनुहोस्