Nic Ad Nic Ad
Nic Ad Nic Ad

पुष्कर खतिवडालाई थुनामा राख्न अदालतको अनुमति

सोमबार, साउन १४, २०८१

काठमाडौँ - सामाजिक सञ्जालमा चर्चित ज्योतिषी तथा धार्मिक अभियन्ता पुष्कर खतिवडालाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

काठमाडौँ जिल्ला अदालतले विद्युतीय कारोबार कसुरमा उनलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको हो । काठमाडौँ प्रहरीले सोमबार बिहान खतिवडालाई महाराजगञ्जस्थित उनकै निवासबाट पक्राउ गरेको थियो ।

चार दिनअघि नेताहरूको मृत्युको कामना गर्दै अनुष्ठान आयोजना गर्न लागेको उनले सामाजिक सञ्जालमार्फत घोषणा गरेका थिए ।

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १९:१९
प्रतिक्रिया दिनुहोस्