Nic Ad Nic Ad
Nic Ad Nic Ad

बागमतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै

मंगलबार, साउन १५, २०८१

काठमाडौँ– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले आज प्रदेशसभामा विश्वासका मत लिँदै छन् । विश्वासको मत प्रयोजनका लागि दिउँसो ३ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ ।

विश्वासको मत लिन मुख्यमन्त्री लामाले तीन दिन अघि नै प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका थिए ।

मुख्यमन्त्री भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार लामाले आज विश्वासको मत लिन लागेका हुन् ।

लामा यही साउन ८ गते कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ११० सदस्यीय बागमती प्रदेशसभामा बहुमतका लागि ५६ सांसदको समर्थन आवश्यक पर्दछ ।

यसअघिको एमाले–माओवादी गठबन्धन तोडिएर संघमा कांग्रेस–एमालेको समीकरण बनेपछि बागमती प्रदेशमा कांग्रेसका लामा मुख्यमन्त्री बनेका थिए ।

 

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  ०६:५१
प्रतिक्रिया दिनुहोस्