पेरिस ओलम्पिक : ३६ देशले जिते पदक, जापान शीर्षस्थानमा
काठमाडौँ– फ्रान्समा जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ३६ देशले पदक जितेका छन् । सोमबार रातिसम्म सम्पन्न खेलपछि १७ देशले स्वर्ण पदक जितेका छन् भने कुल ३६ देशले पदक जितेका छन् ।
अहिलेसम्म जापान ६ स्वर्ण, २ रजत र ४ काश्य पदकसहित शीर्षस्थानमा रहेको छ भने आयोजक फ्रान्स ५ स्वर्ण ८ रजत र ३ काश्य पदक सहित दोस्रो स्थानमा छ। यस्तै, तेस्रो स्थानमा रहेको चीनले ५ स्वर्ण, ५ रजत र २ काश्य पदक जितेको छ । अस्ट्रेलियाले ५ स्वर्णसहित ४ रजत पदक जितेर चौथो स्थानमा रहेको छ ।
त्यस्तै दक्षिण कोरियाले ५ स्वर्ण ३ रजत र १, अमेरिकाले ३ स्वर्ण ८ रजत र ९ काश्य पदक जितेको छ ।
यसैगरी, ग्रेट ब्रिटेनले २ स्वर्ण, ५ रजत र ३ काश्य पदक जितेको छन् भने इटालीले २ स्वर्ण, ३ रजत र ३ काश्य पदक जितेको छ । क्यानडा, हङकङ र जर्मनीले पनि २–२ स्वर्ण पदक जितेका छन् । त्यसैगरी काजकिस्तान, दक्षिण अफ्रिका, बेल्जियम, अजरबैजान, रोमानिया र उज्बेकिस्तानले १–१ स्वर्ण पदक जितेका छन् ।
अहिलेसम्म ब्राजिल, स्विडेन, फिजी, कोसोभो, मंगोलिया, पोल्याण्ड, ट्युनिसिया, इजिप्ट, स्पेन, हंगेरी, भारत, मोलडोभा, मेक्सिको, स्वीट्जरल्याण्ड, स्लोभाकिया, टर्की, युक्रेन, आयरल्याण्डले पनि ओलम्पिक पदक जितेका छन् ।