Nic Ad Nic Ad
Nic Ad Nic Ad

त्रिवि सिनेट बैठक बस्दै, कुलपति तथा प्रम ओलीको अध्यक्षता

मंगलबार, साउन १५, २०८१

काठमाडौँ - त्रिभुवन विश्वविद्यालयले आज  सभा सिनेट बैठक बोलाएको छ । त्रिविका कुलपति तथा प्रधानमन्त्रीका कारण स्थगित भएको सभा बैठक आज बिहान १० बजेका लागि बोलाइएको हो ।

यसअघि गत असार ३१ गते बोलाइएको सभा स्थगित भएको थियो । तत्कालीन समयमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ काम चलाउ प्रधानमन्त्री बनेपछि स्थगित भएको थियो ।

प्रधानमन्त्री तथा त्रिवि कुलपति केपी शर्मा ओलीले आजका लागि समय उपलब्ध गराएपछि सभा बस्न लागेको हो । विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा खड्ग केसीले अहिलेको सिनेट बर्खे अधिवेशन मा खासै महत्त्वपूर्ण विषय नरहेको बताए ।

 बैठकमा नीति तथा कार्यक्रमसँगै बजेट पारित गरिने उनको भनाइ छ । त्यस्तै ७४ हजार ९०० ग्रेजुएट हुने विद्यार्थीको ग्रेस लिष्ट पास समेत गरिने बताए । मङ्सिरमा यो वर्षको दीक्षान्त समारोह हुनेछ । त्यसका लागि ग्रेजुएट भएका विद्यार्थीहरूको ग्रेस लिष्ट पास गरिने उनको भनाई छ ।

बर्खे अधिवेशनमा नीति तथा कार्यक्रम र बजेट पारित गर्ने परम्परा रहेको उनको भनाइ छ । महत्त्वपूर्ण निर्णयहरू हिउँदे अधिवेशनबाट मात्रै पारित गर्ने त्रिविको परम्परा रहेको बताउँदै यो अधिवेशनमा महत्त्वपूर्ण निर्णयहरू नगरिने बताए ।

सिनेटमा प्रतिनिधित्व गर्ने त्रिवि स्ववियुले भने बहिष्कार गर्ने भएको छ । स्ववियु सभापति श्यामराज ओझाले सिनेटमा प्रतिनिधित्व गर्ने विद्यार्थीहरूले बहिष्कार गर्ने बताए ।

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  ०९:२६
प्रतिक्रिया दिनुहोस्