Nic Ad Nic Ad
Nic Ad Nic Ad

आज काठमाडौंसहित २७ जिल्लामा बाढीको जोखिम, सतर्क रहन आग्रह

मंगलबार, साउन १५, २०८१

काठमाडौं - बाढी पुर्वानुमान महाशाखाले आज सिन्धुपाल्चोक, काठमाडौँसहित देशका २७ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ ।

आज दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली, नुवाकोट, गोरखा, लमजुङ, कास्की, डोटी र आसपासका जिल्ला भई बहने अधिकांश ससाना नदीमा बहाव बढ्ने तथा केहीमा आकस्मिक बहाव बढ्ने सम्भावना छ ।

त्यस्तै उदयपुर, रामेछाप, धादिङ, काठमाडौँ, ललितपुर, भक्तपुर, पर्वत, गुल्मी, प्युठान, सल्यान, सुर्खेत, रुकुमपूर्व, रुकुमपश्चिम, दैलेख, कालिकोट, अछाम, बझाङ, दार्चुला र आसपासका जिल्ला भई बहने अधिकांश ससाना नदीमा पनि बहाव बढ्ने महाशखाको अनुमान छ ।

महाशाखाले बुलेटिन जारी गर्दै ती जिल्ला भइ बग्ने साना तथा ठूला नदीमा आकस्मिक बाढी आउने भन्दै नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अुनरोध गरेको छ ।

 

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १०:४२
प्रतिक्रिया दिनुहोस्