साउनमै ऋण उठाउँदै सरकार, १० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक
काठमाडौं - नेपाल सरकारले आन्तरिक ऋण उठाउन सुरु गरेको छ । नेपाल राष्ट्र बैंकले सरकारको १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले ११ वर्षे विकास ऋणपत्र २०९२ बिक्री गर्ने भएको हो ।
उक्त विकास ऋणपत्र बोलकबोल प्रक्रियाबाट निष्काशन गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण नागरिकले यो विकास ऋणपत्र खरिद गर्न पाउनेछन् ।
साउन १६ गतेका दिन बोलकबोल हुने ऋणपत्र साउन १७ गते निष्काशन गरिने राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१ ११:०६
प्रतिक्रिया दिनुहोस्