Nic Ad Nic Ad
Nic Ad Nic Ad

माओवादीको पदाधिकारी बैठक सर्‍यो

मंगलबार, साउन १५, २०८१

काठमाडौँ - माओवादी केन्द्रको पदाधिकारी बैठक सरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बिहान ११ बजे बस्ने भनिएको बैठक नेताहरूको व्यस्तताका कारण २ घण्टा पछाडि सरेको कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

उनका अनुसार बैठक अब दिउँसो १ बजे बस्नेछ । सोमबार नेताहरुले धारणा राख्ने क्रम सकिएको थियो । आज नेताहरूले उठाएको प्रश्नको जवाफ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिने तय भएको छ ।


बैठकमा अहिलेको अवस्थामा विचारको विकासर र पार्टी निर्माणबारे नेताहरूले आ–आफ्ना विचार राखेका थिए । खासगरी सत्ताबाट हट्नुका कारण, पछिल्लो राजनीतिक स्थिति र भावी रणनीतिबारे प्रचण्डले बिफ्रिङ गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  ११:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार