Nic Ad Nic Ad
Nic Ad Nic Ad

कक्षा १२ को परीक्षाफल यसै साताभित्र प्रकाशन गर्ने तयारी

मंगलबार, साउन १५, २०८१

कक्षा १२ को परीक्षाफल यसै साताभित्र प्रकाशन गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाफल प्रकाशनका लागि अधिकांश तयारी पूरा गरेको जनाएको छ ।

बोर्डका कन्ट्रोलर कृष्ण शर्माले बोर्डको वार्षिक समयतालिकाअनुसार साउन तेस्रो साताभित्र परीक्षाफल प्रकाशन गरिसक्नुपर्ने बताए । सोहीअनुसार नतिजा प्रकाशनको तयारी गरिएको हो ।

हालसम्म नम्बर इन्ट्रीलगायत काम सकिएको छ । यतिवेला प्राप्तांक प्रोसेसिङको काम भइरहेको छ । १४ देखि २७ वैशाखसम्म सञ्चालन भएको परीक्षामा चार लाख ९१ हजार ६ सयजना विद्यार्थी सहभागी थिए । बोर्डले कक्षा १० र १२ को परीक्षाफल समयमै प्रकाशन गर्न गत वर्ष क्यालेन्डर व्यवस्थित गरेको थियो ।
 

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १२:०७
प्रतिक्रिया दिनुहोस्