Nic Ad Nic Ad
Nic Ad Nic Ad

१० लाख नगदसहित जुवाखालबाट ९ जना पक्राउ

मंगलबार, साउन १५, २०८१

काठमाडौं- काठमाडौंको चुनदेवीबाट जुवा खेलिरहेको र खेलाएको आरोपमा ९ जना पक्राउ परेका छन्।

काठमाडौं प्रहरी परिसरको टोलीले काठमाडौं महानगरपालिका-४ स्थित तीन तले घरको छतमा ओखर (जुवा) खेलेको र खेलाएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

घटनास्थलबाट प्रहरीले १० लाख ११ हजार रुपैयाँ नगद र १३ ओटा ओखर बरामद गरेको छ।

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १३:०५
प्रतिक्रिया दिनुहोस्