Nic Ad Nic Ad
Nic Ad Nic Ad

एउटा संसदीय समिति २० महिनापछि गठन हुँदै

मंगलबार, साउन १५, २०८१

काठमाडौँ- आम चुनावको २० महिनापछि संघीय संसदको एउटा समिति गठन हुन लागेको छ ।

संघीय संसदमा हाल १६ वटा विषयगत समिति रहेका छन् । त्यसमध्ये १५ वटा समिति १५ वैशाख २०८० मा गठन भएका थिए । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति भने गठन नै हुन सकेको थिएन ।

कार्य व्यवस्था परामर्श समितिको सुझाव लिएर मंगलबार सभामुख देवराज घिमिरे समिति गठन गर्न लागेका हुन् ।

मंगलबारको प्रतिनिधि सभामा यो समितिमा रहने सदस्यहरूको नाम प्रस्तुत गर्ने कार्यसूची छ । उक्त प्रस्तावलाई सभाले स्वीकार गरेसँगै समिति गठन हुनेछ ।

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १३:४६
प्रतिक्रिया दिनुहोस्