Nic Ad Nic Ad
Nic Ad Nic Ad

सरकार ढलपल हुन्न, दुई बर्ष पुग्न एक हप्ता बाँकी हुँदा राजीनामा दिन्छुः प्रधानमन्त्री ओली

मंगलबार, साउन १५, २०८१

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन हुने, ढल्ने या कति दिन हो र भन्ने कुनै प्रकारका संशय नराखी तदारुकताका साथ काम गर्न सचिवहरूलाई निर्देशन दिएका छन्। 

सिंहदरबारमा मंगलबार सचिवहरूसँगको संवादका क्रममा उनले भने,‘सरकार ढलपल हुन्न, त्यसो हुन बनेको पनि होइन। यसले स्थिरता दिन्छ। कांग्रेससँगको सहमतिअनुसार चल्छ।’

ओलीले सहमतिअनुसार दुई बर्ष पुग्नुभन्दा एक साताअघि आफूले राजीनामा दिएर कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्व गर्न बाटो छाड्ने पनि जानकारी दिए। 

केही गरौं भन्ने प्रतिवद्धताका साथ सरकार बनेको भन्दै ओलीले व्यक्तिगत आग्रह पूर्वाग्रहलाई नहेर्ने बताए । ‘कुनै पनि भेदभाव हुँदैन भनेको काम गरे पनि उस्तै, नगरे पनि उस्तै चाहिँ हुँदैन, मूल्यांकन हुन्छ’, प्रधानमन्त्री ओलीले सचिवहरुलाई भनेका छन्, ‘तर मूल्यांकन आग्रहमा आधारित हुन्न।’
 

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १५:१५
प्रतिक्रिया दिनुहोस्