Nic Ad Nic Ad
Nic Ad Nic Ad

माओवादीले भन्यो- लेखा समिति सभापतिले पदको दुरुपयोग गर्‍यो

मंगलबार, साउन १५, २०८१
samridhi jewllers

काठमाडौँ- नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले विद्युतको बक्यौता नगर्ने व्यापारीबीच रहस्यमय ढंगले भेट भएको सूचना आएको दाबी गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका सांसद समेत रहेका पोखरेलले व्यापारीलाई भेटेको विषयमा छानबिन गर्न माग गरे । उनले भने, ‘डेडिकेटेड फिडर र ट्रंक लाइनको विषयमा सार्वजनिक लेखा समितिमा बहस कायमै छ। उक्त समितिका सभापति र झगडियाहरूमध्ये बक्यौता समेत नतिरेका एक जना व्यापारीको बीचमा रहस्यमय भेट भएको सूचना आएको छ, पदीय दुरुपयोगको गम्भीरतापूर्वक छानबिनका लागि माग गर्छु ।’

उनले दूध किसानको भुक्तानी गर्न समेत सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १५:४२
प्रतिक्रिया दिनुहोस्