Nic Ad Nic Ad
Nic Ad Nic Ad

ओली गैरकानूनी रूपमा प्रधानमन्त्री भएका हुन्, सर्वोच्चले खारेज गर्छ : माओवादी

मंगलबार, साउन १५, २०८१

काठमाडौँ- नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रधानमन्त्री केपी शर्मा ओली गैरकानूनी रूपमा नियुक्ति भएको दाबी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै ओलीको नियुक्ति प्रक्रिया सर्वोच्च अदालतले खारेज गर्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘अस्वभाविक र बदनियपूर्ण गठबन्धनको जगमा निर्माण भएको सरकारको प्रधानमन्त्रीज्यूले सङ्ख्यात्मक हिसाबले यही सदनबाट विश्वासको मत लिइसक्नुभएको छ । संविधानको धारा ७६ (२) अन्तर्गत बनेको सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वतः ७६ (३) सक्रिय भइ प्रधानमन्त्री नियुक्त भएको विगतको नजिरलाई अस्वीकार गर्दै राष्ट्रपतिले गैरकानूनी रूपमा प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । यो प्रकरणमा सर्वोच्च अदालतमा मुद्दा परेको छ, त्यो मुद्दाको पेशी संवैधानिक इजलासमा ३० गते तोकिएको छ । मलाई विश्वास छ, गैरकानूनी नियुक्ति भएको खारेज गर्नेछ ।’

उनले ओलीको नियुक्ति प्रक्रिया खारेज गरेर संविधान संवत् नयाँ प्रधानमन्त्री नियुक्ति गर्ने बाटो खोलिदिने जिकिर गरे ।

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १६:२७
प्रतिक्रिया दिनुहोस्