Nic Ad Nic Ad
Nic Ad Nic Ad

काँग्रेसले बस्नेतलाई बनायो सार्वजनिक लेखा समिति सदस्य

मंगलबार, साउन १५, २०८१

काठमाडौँ- सत्तारुढ नेपाली काँग्रेसले सार्वजनिक लेखा समिति सदस्यमा पूर्व मन्त्री मोहनबहादुर बस्नेतलाई पठाएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकले बस्नेतलाई सार्वजनिक लेखा समितिमा स्थानान्तरण गर्ने प्रस्ताव पारित गरेको हो । 

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट बस्नेतलाई सार्वजनिक लेखा समिति सदस्यमा स्थानान्तरण गरिएको हो । त्यस्तै, काँग्रेस सांसद सीता गुरुङलाई कानुन, न्याय तथा मानवअधिकार समितिबाट पूर्वाधार विकास समितिमा पठाइएको छ ।

सार्वजनिक लेखा समितिमा काँग्रेसबाट अर्जुननरसिंह केसी, दीपक गिरी, देवप्रसाद तिमलसेना, मञ्जु खाँण, राजेन्द्र केसी, रामकृष्ण यादव, श्याम घिमिरे र सञ्जय गौतम सदस्य छन् ।

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १७:५०
प्रतिक्रिया दिनुहोस्