Nic Ad Nic Ad
Nic Ad Nic Ad

सहकारी संस्था बचत रकम दुरुपयोग छानबिन समिति सदस्यमा सांसद बडू

मंगलबार, साउन १५, २०८१

काठमाडौँ- सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको सदस्यमा काँग्रेस सांसद दिलेन्द्रप्रसाद बडूको नाम थपिएको छ । 

काँग्रेसबाट समिति सदस्य रहेका बद्री पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेपछि रिक्त रहेको सदस्यमा काँग्रेसले बडूलाई पठाएको हो । प्रतिनिधि सभाको मंगलबारको बैठकले बडूलाई सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति सदस्य बनाउने निर्णय गरेको हो ।

सहकारीहरूमा समस्या देखिएपछि छानबिनका लागि गत जेठ १५ मा संसदीय छानबिन समिति गठन भएको थियो । एमाले सांसद सूर्य थापा सभापति रहेको समितिमा एमालेकी सरिता भुसाल, काँग्रेसबाट ईश्वरी न्यौपाने, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपा ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १७:५२
प्रतिक्रिया दिनुहोस्