Nic Ad Nic Ad
Nic Ad Nic Ad

माओवादीले बोलायो स्थायी कमिटी बैठक

मंगलबार, साउन १५, २०८१

काठमाडौँ- नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । पार्टी मुख्यालयमा बसेको पदाधिकारी बैठकले साउन २५ गते स्थायी कमिटीको बैठक बस्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

पदाधिकारी बैठकले प्रमुख प्रतिपक्षको भूमिकालाई सशक्त रूपमा निर्वाह गर्ने निर्णय गरेकोसमेत उनले जानकारी दिए । स्थायी कमिटीलगत्तै केन्द्रीय कमिटीको बैठक बसेर सदन र सडकमा प्रतिपक्षको भूमिका खेल्ने माओवादीको तयारी छ ।

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १८:०५
प्रतिक्रिया दिनुहोस्