Nic Ad Nic Ad
Nic Ad Nic Ad

राज्यका निर्देशक सिद्धान्त समिति गठनका लागि १२ सांसदको नाम अनुमोदन

मंगलबार, साउन १५, २०८१
samridhi jewllers

काठमाडौँ- प्रतिनिधि सभा र राष्ट्रिय सभाले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति गठन गर्नका लागि १२ सांसदको नाम अनुमोदन गरेका छन् । 

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सो समिति गठनका लागि सभामुख देवराज घिमिरेले प्रस्तुत गरेका ११ सांसदहरूको नाम बैठकले अनुमोदन गरेको हो ।  यता राष्ट्रिय सभाबाट भने १ जना सांसद मात्र छनौट गरिएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले समितिका लागि प्रस्ताव गरेको भगवती न्यौपानेको नाम सभाले स्वीकृत गरेको छ । 

यता प्रतिनिधि सभाबाट समितिका लागि ठाकुर गैरे, दिलेन्द्र प्रसाद बडू, देवप्रसाद तिमल्सेना, प्रतिमा गौतम, प्रभु हजारा, बुद्धिमान तामाङ, शान्ति विक, सन्तोष परियार, सरस्वती सुब्बा, हितराज पाण्डे, हेमराज राईको नाम स्वीकृत भएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १८:१९
प्रतिक्रिया दिनुहोस्