Nic Ad Nic Ad
Nic Ad Nic Ad

म एकपल्ट जनताको माझमा जान्छु : ‘प्रचण्ड’

मंगलबार, साउन १५, २०८१

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकपटक देशव्यापी अभियानमा निस्कने बताएका छन् ।

मंगलबार पदाधिकारी बैठक समापन गर्दै अध्यक्ष ‘प्रचण्ड’ले जनताको कुरा सन्न देशव्यापी अभियानमा निस्कने बताएका हुन् । ‘जनतासित सम्बन्ध कडी टुटेको थियो । म एकपल्ट देशैभरी जनतासँग एकाकार हुनाका लागि, जनताको सुखदुख बुझ्नका लागि उनीहरूको कुरा सन्नुका लागि जाने इच्छा छ’ बैठकमा ‘प्रचण्ड’ले भनेका छन् ।

देशव्यापी अभियानबाट फर्कदा विचारको नयाँ संश्लेषण समेत ल्याउने बताएका छन् । ‘जनताको कुरा सुनेपछि अर्को तहको विचारको संलेसन आउँछ,’ ‘प्रचण्ड’को भनाइ उदृत गर्दै प्रवक्ता अग्नि सापकोटाले भने ।

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १९:१९
प्रतिक्रिया दिनुहोस्