९१ न्यायाधीशको सरुवा
काठमाडौँ- न्याय परिषद्ले ठुलो संख्यामा न्यायाधीशहरूको सरुवा गरेको छ । मंगलबार बसेको न्याय परिषद्को बैठकले एकै पटक ९१ जना न्यायाधीशको सरुवा गरेको हो ।
प्रधान न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको नेतृत्वमा बसेको परिषद्को बैठकले उच्च अदालतका २६ र जिल्ला अदालतका ६५ जना न्यायाधीशको सरुवा गरेको न्याय परिषद्ले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१ १९:२७
प्रतिक्रिया दिनुहोस्