Nic Ad Nic Ad
Nic Ad Nic Ad

पद्‍मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तक सार्वजनिक

मंगलबार, साउन १५, २०८१

काठमाडौँ - खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले पद्‍मश्री साहित्य पुरस्कार-२०८० का लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक गरेको छ । 

पहिलो चरणमा छनोट भएका उत्कृष्ट विस्तारित सूचीमा परेका १५ पुस्तकबाट पाँच पुस्तक (संक्षिप्त सूची) मंगलबार सार्वजनिक गरिएको हो । उत्कृष्ट पाँच पुस्तकहरूमा कृष्ण गौतमको अद्वैत (उपन्यास), सानु शर्माको अर्को देशमा (कथासंग्रह), रोशन शेरचनको गल्ली संसार (निबन्धसंसार), कुमार नगरकोटीको जोगियाना (संस्मरण) र गोविन्दप्रसाद कुसुमको भृकुटी (उपन्यास) रहेका प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


यी पाँच पुस्तकमध्ये एकलाई वर्ष-२०८०को पद्‍मश्री साहित्य पुरस्कार दिइने प्रतिष्ठान जनाएको छ । पुरस्कारको राशि तीन लाख रुपैयाँ रहेको छ ।

प्रतिष्ठानले २०६३ देखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकहरूमध्ये उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्