Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौँ उपत्यकाका नदीमा जलसतह बढ्यो,सतर्कता अपनाउन आग्रह

बुधबार, साउन १६, २०८१

काठमाडौँ - काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा गएरातिदेखि भारी वर्षा भइरहँदा नदीहरूमा जलसतह बढेको छ। राति ११ बजेबाट उपत्यकामा धेरै स्थानमा भारी वर्षा भएको हो । 

भारी वर्षासँगै वाग्मती, हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खु खोलालगायत नदी तथा खोलामा जलसतह सतर्कता तहदेखि खतराको तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

खोलाको बाढी किनारको सडकसम्म आउने र बस्तीमा डुबान समेत हुनसक्ने देखिएकाले सडक किनारबाट यात्रा नगर्न विभागले आग्रह गरेको छ । डुबान हुने स्थानमा रहनेहरू बिहान १० बजेसम्म सुरक्षित स्थानमा रहनुपर्ने विभागले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  ०६:२६
प्रतिक्रिया दिनुहोस्