Nic Ad Nic Ad
Nic Ad Nic Ad

रातभरको भारी वर्षाले काठमाडौं उपत्यकामा बाढी (फोटो फिचर)

बुधबार, साउन १६, २०८१

काठमाडौं – रातभरको भारी वर्षाले काठमाडौंमा बाढी आएको छ। काठमाडौं महानगरपालिका ३२ नरेफाँट क्षेत्रमा बाढी पसेको हो। मनोहरा खोला र हनुमन्तेको दोभान क्षेत्रको करिडोर सडक ठप्प भएको छ। बाढीले मनोहरा करिडोर पूरै डुबानमा परेको हो। बाढीले ललितपुरको महालक्ष्मी नगरपालिकाका विभिन्न ठाउँमा समेत क्षति गरेको छ।

5-1722391603.jpg
जल तथा मौसम विज्ञान विभागले मोबाइलमा सन्देश पठाउँदै गोदावरी खोलाको जलमापन केन्द्र जलसतह खतरा तह पार गरेको र बढ्दो क्रममा रहेको भन्दै तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

4-1722391603.jpg
पछिल्लो १२ घण्टामा देशभर वर्षा भएको तथा विशेष गरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धैरै स्थानमा र बाँकी प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा मापन गरिएको विभागले बताएको छ। विभागका अनुसार आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

2-1722391602.jpg
9-1722391602.jpg
1-1722391602.jpg
 

 

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  ०७:४३
प्रतिक्रिया दिनुहोस्