एमाले केन्द्रीय कार्यालयमा बाढी पस्यो
काठमाडौं - नेकपा एमाले पार्टी केन्द्रीय कार्यालयमा बाढी पसेको छ । गएरातिको अविरल वर्षापछि मनोहरा नदीमा उर्लिएको बाढीका कारण च्यासलस्थित एमाले मुख्यालय डुबानमा परेको हो ।
एमाले उपमहासचिव विष्णु रिमालले पार्टी कार्यालयमा फेरि बाढी भन्दै सामाजिक सञ्जालमा एक भिडिओ सेयर गरेका छन् । गए रातिदेखिको अविरल वर्षाले काठमाडौं उपत्यकाका अधिकांश ठाउँ जलमग्न छन् ।
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१ ०७:४६
प्रतिक्रिया दिनुहोस्