Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेवाद्वारा बागलुङमा एक हजार आठ सय १५ धारा जडान

बुधबार, साउन १६, २०८१

ढोरपाटन– नेपाल स्वास्थ्यका लागि पानी (नेवा)ले उपभोक्ता र स्थानीय सरकारसँगको सहकार्यमा जिल्लाका विभिन्न भागमा एक हजार आठ सय १५ धारा जडान गरेको छ । दुई वर्षको अवधिमा उक्त संस्थाले ती धारा जडान गरेको हो ।

खानेपानीको अभाव झेलिरहेका ढोरपाटन नगरपालिका, निसीखोला, बडिगाड, तमानखोला गाउँपालिकाका साथै  बागलुङ नगरपालिका, जैमिनी नगरपालिकाका बासिन्दालाई स्वच्छ पेयजलको व्यवस्था उक्त संस्थाले गरेको हो । 


नेवाले ग्रामीण भेग र सहरी क्षेत्रमा एक घर एक धारा जडानलाई तीव्रगतिमा अघि बढाएको छ । नेवाको सहयोगमा १९ हजार एक सय १८ जनाले शुद्ध खानेपानी सुविधा पाएका छन् । 

आर्थिक वर्ष २०७९-०८० मा नेवाले जिल्लाको निसीखोला, तमानखोला, बडिगाड, ताराखोला, ढोरपाटन नगरपालिका, बागलुङ नगरपालिका जैमिनी नगरपालिकाको ३० स्थानमा आयोजना सञ्चालन गरेको थियो । 


तीस वटा आयोजना सम्पन्न गर्न नेवाले रु छ करोड २० लाख पाँच हजार सात सय २५, पालिकाहरूको एक करोड ६४ लाख ९५ हजार नौ सय १४, उपभोक्ताबाट ३४ लाख ८३ हजार पाँच सय १२ र दुई करोड पाँच लाख १२ हजार तीन सय १२ बराबरको  श्रमदान भएको थियो ।

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  ०८:३८
प्रतिक्रिया दिनुहोस्