Nic Ad Nic Ad
Nic Ad Nic Ad

चलचित्र विकास बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान

बुधबार, साउन १६, २०८१

काठमाडाैं - सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्षमा दरखास्त आह्वान गरेको छ।

बुधबार सूचना जारी गर्दै मन्त्रालयले योग्यता पुगेका इच्छुक व्यक्तिलाई १५ दिनभित्र आवेदन दिन भनेको हो।

सूचनाअनुसारआवेदकले मान्यता प्राप्त शिक्षण संस्थाबाट कुनै विषयमा कम्तिमा पनि स्नातक तह उत्तीर्ण गरी नेपाली चलचित्र उद्योगको स्थापना, विकास संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा निरन्तर कम्तिमा १० वर्ष काम गरेको योग्यता तोकिएको छ।

प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेकाहरुले भने नेपाली चलचित्र उद्योगको स्थापना, विकास संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा निरन्तर रूपमा कम्तिमा १० वर्ष काम गरेको हुनुपर्ने योग्यता योग्यता तोकिएको छ।

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  ११:०९
प्रतिक्रिया दिनुहोस्