बर्दिवासमा बाढीले सडक बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
काठमाडौं - महोत्तरीमा बाढीले सडक बगाउँदा पूर्वपश्चि राजमार्ग अवरुद्ध भएको छ । गएराति बर्दिवास नगरपालिका ५ स्थित ढुंग्रखोलाको बेलगाछी पुलको मुखको सडक बाढीले बगाएपछि पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो ।
जंगल क्षेत्रमा सडक अवरुद्ध हुँदा यात्रुको बिचल्ली भएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी रेवतीरमण पोखरेलले जानकारी दिए ।
पूर्वपश्चिम राजमार्ग अवरुद्ध हुँदा पूर्वबाट आएका गाडी बर्दिबासमै रोकिएका छन् भने पश्चिमबाट आएका गाडी सर्लाहीको लालबन्दी, फूलजोर, महोत्तरीको लक्ष्मिनियाँ लगायतका ठाउँमा रोकिएका छन् ।
प्रहरीका अनुसार कतिपय साना गाडी गौशाला, हुलाकी राजमार्ग तथा कच्ची बाटो हुँदै वैकल्पिक सडकबाट चलिरहे पनि ठूला गाडी रोकिएका छन् ।
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१ १२:०१
प्रतिक्रिया दिनुहोस्