Nic Ad Nic Ad
Nic Ad Nic Ad

त्रिशूलीमा बस खोज्न चीनसँग पनि सहयोग माग्दै सरकार

बुधबार, साउन १६, २०८१

काठमाडौँ- सरकारले त्रिशूलीमा हराएका बस र बेपत्ता यात्रुको खोजी गर्न चीनसँग पनि सहयोग माग्ने भएको छ ।

गृह मन्त्रालयका अनुसार बस खोज्न चीनसँग सहयोग माग्ने तयारी भएको छ । ‘खोजीका लागि चीन सरकारसँग पनि अनुरोध गर्ने तयारी गरिरहेका छौँ’ अर्यालले बुधबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भने ।

मुग्लिन–नारायणघाट सडकअन्तर्गत सिमतालमा २८ असारमा लेदो सहितको पहिरोमा परी दुई वटा बस बगेका थिए । बसमा सवार ६५ यात्रुमध्ये ३ जना पौडिएर बाहिर निस्किएका थिए । हालसम्म २४ वटा शव फेला परेका छन् ।

अन्य यात्रु र बसको अवस्था पत्ता लागेको छैन । यसअघि बेपत्ता यात्रु र बस खोज्न भारतीय जनशक्तिसमेत परिचालन गरिएको थियो ।

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १२:४१
प्रतिक्रिया दिनुहोस्