Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपालस्थित बङ्गलादेशी दूतावास अगाडि प्रदर्शन

बुधबार, साउन १६, २०८१

काठमाडौँ- नेपालस्थित बङ्गलादेशी दूतावास अगाडि बुधबार प्रदर्शन भएको छ । नागरिक समाज र मानव अधिकार समाजको अगुवाइमा बसुन्धारास्थित दूतावास अगाडि विभिन्न प्लेकार्डसहित प्रदर्शन भएको हो ।

बङ्गलादेशमा चलिरहेको कोटा विरोधी आन्दोलनका क्रममा विद्यार्थीहरूप्रति गरिएको दमन र हिंसाको विरुद्धमा प्रदर्शन गरिएको आयोजकको भनाइ छ ।प्रदर्शनका क्रममा सहभागीहरूले शान्तिपूर्ण रूपमा भेला हुन पाउने र अभिव्यक्ति स्वतन्त्रतामाथिको दमन अन्त्य गर्न, हत्याको घटनाहरूको जबाफदेहिताको सुनिश्चित गर्नलगायतका मागसहितको प्लेकार्ड प्रदर्शन गरेका थिए ।

बङ्गलादेशमा जारी कोटा विरोधी आन्दोलनका क्रममा करिब २०० जनाको मृत्यु भएको बताइएको छ । आन्दोलनका क्रममा राज्यले तीव्र दमन गरेको भन्दै आलोचना भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १३:२२
प्रतिक्रिया दिनुहोस्