Nic Ad Nic Ad
Nic Ad Nic Ad

पर्यटनको विकासका लागि निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण : पर्यटनमन्त्री पाण्डे

बुधबार, साउन १६, २०८१

काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि सरकारी प्रयासले मात्रै प्रगति गर्न नसक्ने बताएका छन् ।

 बुधबार नेपाल पर्यटन बोर्डद्वारा आयोजित स्वागत कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले  निजी क्षेत्रलाई स्व-स्फूर्त रूपमा आउन समेत आग्रह गरे ।

उनले भिजिट नेपाल अभियानले पर्यटन क्षेत्रलाई उजागर गरेको बताए । उनले एक अर्काका कमीकमजोरी आग्रह पूर्वाग्रह नगरी पर्यटनको विकासका लागि अघि बढ्न कर्मचारीलाई समेत निर्देशन दिए ।

उनले परिणाममुखी काम गरेर पर्यटनको क्षेत्र चलायमान र गतिशील बनाउन आग्रह गरे । उनले पर्यटनका क्षेत्रमा नीतिगत, कानुनी, पद्धति वा प्रवृत्ति के कारणले समस्या उत्पन्न भएको हो त्यसको पहिचान गरेर अघि बढ्नु पर्नेमा जोड दिए।

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १३:३८
प्रतिक्रिया दिनुहोस्