भारतको राजदूत बन्न राजीनामा दिएका थिए, हिस्स परे बैरागी
काठमाडौं– भारतको राजदूत बन्नका लागि राष्ट्रिय सुरक्षा सल्लाहकार पदबाट राजीनामा गरेका शंकरदास बैरागी हिस्स परेका छन्।
भारतका लागि नेपालको राजदूत बन्ने आश्वासन पाएपछि साउन ९ गते राजीनामा गरेका उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले हिस्स पारेका हुन्।
भारतका लागि डा. शंकर शर्मा नै राजदूत कायम भएका छन्।
बैरागीले आश्वासनकै कारण मुख्सचिवको पदबाट पनि बहाल अवस्थामा राजीनामा दिएर राष्ट्रिय सुरक्षा सल्लाहकार पद लिएका थिए।
बैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउन तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार पद सृजना गरी राजीनामा गराएका थिए।
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१ १४:००
प्रतिक्रिया दिनुहोस्