Nic Ad Nic Ad
Nic Ad Nic Ad

देशका विभिन्न स्थानमा ९ जना मृत फेला

बुधबार, साउन १६, २०८१

काठमाडौँ- देशका विभिन्न स्थानमा ९ जना मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौँ महानगरपालिका-२६ नयाँ बसपार्क भित्र ३ नम्बर गेट नजिक विगत २ महिनादेखि पार्किङ गरी राखेको बा २ ख २३४४ नम्बरको बसमा सुनसरी इटहरी उपमहानगरपालिका-१३ घर भएका ३७ वर्षीय प्रह्लाद अधिकारी मृत अवस्थामा फेला परेका छन् ।

 

यता नवलपरासी पश्चिम, प्रतापपुर गाउँपालिका-६ रेतास्थित बाटो छेउमा भारत घर भएकी ६५ वर्षीय सुभावती चमार मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

यसैगरी नवलपरासी पश्चिम, सरावल गाउँपालिका-४ ठुलो बडसारेस्थित पुल मुनी बर्दघाट नगरपालिका-७ बस्ने ६० वर्षीय बर्मा थारू मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

उदयपुर, त्रियुगा नगरपालिका-६ चुरे सामुदायिक जंगलस्थित सडक छेउमा सोही नगरपालिका६ मोहनपुर बस्ने ३२ वर्षीय जीवन गुरागाईँ मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

जाजरकोट, भेरी नगरपालिका-२ नाउलीस्थित सडकमा कुशे गाउँपालिका-५ दम्दला बस्ने ६८ वर्षीय लालबिर मल्ल मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

दोलखा, भिमेश्वर नगरपालिका-६ बिमिरे बस्ने ६० वर्षीय राम बहादुर तामाङ सोही ठाउँस्थित पानीको कुलोमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

कञ्चनपुर, बेदकोट नगरपालिका-१० नयाँ गाउँस्थित सडकमा सोही नगरपालिका–१० बस्ने २३ वर्षीय प्रबिन डगौरा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै अर्घाखाँची, शितगंगा नगरपालिका-१४ विक्रम बस्ने ७१ वर्षीय जुद्ध बहादुर सोमै सोही ठाउँस्थित नहरको कलभटमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

सर्लाही, पर्सा गाउँपालिका-५ स्थित सपहा खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १४:००
प्रतिक्रिया दिनुहोस्