Nic Ad Nic Ad
Nic Ad Nic Ad

मोरङको पथरीशनिश्चरेमा लापसे परीक्षण सुरु

बुधबार, साउन १६, २०८१

मोरङ- मोरङको पथरीशनिश्चरेमा लागू औषध प्रयोग कर्ता न्युनिकरण गर्ने उदेश्यले प्रहरीले लापसे परीक्षण सुरु भएको छ ।

लापसे परीक्षण सुरु भएकै दिन मंगलबार ११ जना युवा युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । लागू पदार्थ सेवन गरेको कारण पक्राउ १७ वर्ष देखी २७ वर्ष सम्मका ४ जना युवती र ७ जना युवा रहेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी मोहनविक्रम दाहालले बताए ।

पक्राउ पर्नेहरुमा पथरीशनिश्चरे १ का ४ जना, २ नं. वडाका १ जना, ३ को २, ९ नं. वडाका १ जना, १० को २ जना र झापा दमकको १ जना रहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालयको टोलीले पथरीशनिश्चरे १० स्थित सिरिजंङ्गा स्मृति धार्मिक वन क्षेत्रबाट नियन्त्रणमा लिएको हो । 

डीएसपी दाहालले लागू पदार्थ नियन्त्रण गर्न दुई जना इन्स्पेक्टरसहित ६ जनाको एन्टि ड्रग स्क्वाट (एडीएस) टिम गठन गरेर लापसे परीक्षण सुरुगरेका छन् ।

 

 

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १४:४८
प्रतिक्रिया दिनुहोस्