Nic Ad Nic Ad
Nic Ad Nic Ad

बैंक र ई-सेवाको कर्मचारी भन्दै पैसा ठगी गर्ने २ जना पक्राउ

बुधबार, साउन १६, २०८१

काठमाडौँ- बैंक तथा वालेटको कर्मचारी हुँ भन्दै अनलाइनमार्फत ठगी गर्ने दुईजनालाई प्रहरीलाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरू रौतहट माधवनारायण नगरपालिका-२ घर भई हाल काठमाडौँको कोटेश्वर बस्ने वर्ष २१ का शुभम साह र रौतहटको गौर नगरपालिका-३ घर भई हाल काठमाडौँ कोटेश्वर बस्ने वर्ष २३ को सत्यमकुमार सहनीलाई सार्वजनिक गरिएको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूले फेसबुक, ह्वाट्सएप, इमो, भाइबरजस्ता एपहरूबाट ई-सेवा वालेट लगायत विभिन्न व्यक्तिहरूको नाममा रहेका बैंक खातामा समेत रकम ट्रान्सफर गरी ठगी गरेको पाइएको छ ।

ठगीमा परेका २२ जनाले कार्यालयमा उजुरी दिएका थिए ।

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १५:१९
प्रतिक्रिया दिनुहोस्