Nic Ad Nic Ad
Nic Ad Nic Ad

कृषि समिति सभापति थापाले लिइन् शपथ

बुधबार, साउन १६, २०८१

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको कृषि,सहकारी तथा प्राकृतिक स्रोत समितिका नवनिर्वाचित सभापति कुसुमदेवी थापाले शपथ लिएकी छन्  ।

बुधबार सिंहदरबारमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नवनिर्वाचित सभापति थापालाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

सो क्रममा सभामुख घिमिरेले सभापति थापालाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

यसअघि मंगलबार बसेको कृषि समिति बैठकले सभापतिमा कांग्रेसकी सांसद थापालाई निर्वाचित गरेको हो । आरजु देउवा परराष्ट्रमन्त्री भएपछि कृषि समितिको सभापति रिक्त हुन पुगेको थियो ।

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १६:१४
प्रतिक्रिया दिनुहोस्