Nic Ad Nic Ad
Nic Ad Nic Ad

कसैलाई जोगाउन प्रहरी संगठनको दुरुपयोग हुन दिन्न : गृह मन्त्री लेखक

बुधबार, साउन १६, २०८१

काठमाडौँ- गृह मन्त्री रमेश लेखकले प्रहरीको सरुवालाई सरुवाकै रूपमा बुझ्न आग्रह गरेका छन् । साथै उनले प्रहरी प्रशासन कसैलाई जोगाउन वा नजोगाउन दुरुपयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिनिधि सभाको बधुबार बसेको सुशासन समितिको बैठकमा केही सांसदले प्रहरी सरुवाबारे प्रश्न उठाएका थिए । जवाफ दिने क्रममा गृहमन्त्री लेखकले सरुवालाई सरुवाकै रूपमा लिन आग्रह गरे । ‘कर्मचारी सरुवा हुन्छ, सरुवालाई सुरुवाकै रूपमा बुझ्दा सहज हुन्छ’, उनले भने, ‘भर्खर २०र२१ जना सचिवको सरुवा भएको छ । ९१ जना न्यायाधीशको सरुवा भएको छ ।’

उनले प्रहरी संगठन र प्रशासनलाई दुरुपयोग भने हुन नदिने प्रतिबद्धता जनाए । ‘कसैलाई जोगाउन वा नजोगाउन प्रहरी संगठन र प्रशासनको दुरुपयोग हुन दिने छैन’, उनले भने ।

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १६:३८
प्रतिक्रिया दिनुहोस्