Nic Ad Nic Ad
Nic Ad Nic Ad

५ मुलुकमा कार्यरत आवासीय राजदूतलाई भदौ १५ भित्र फिर्ता बोलाउने निर्णय

बुधबार, साउन १६, २०८१

काठमाडौँ- सरकारले विभिन्न ५ मुलुकमा कार्यरत नेपाली आवासीय राजदूतलाई आगामी भदौ १५ गतेसम्म फर्किसक्ने गरी फिर्ता बोलाउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मित्र राष्ट्र चीन, अष्ट्रेलिया, रुसी महासङ, दक्षिण अफ्रिका र श्रीलंकामा कार्यरत नेपाली आवासी राजदूतलाई उक्त पदको जिम्मेवारीबाट मुक्त हुने गरी भदौ १५ गतेभित्र नेपाल फर्किसक्ने गरी फिर्ता बोलाउने निर्णय गरेको हो ।

सोमबार बसेकै बैठकले ती मुलुकका लागि आवासीय नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गरिसकेको छ ।

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १७:५०
प्रतिक्रिया दिनुहोस्