Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रपति पौडेलद्वारा ३ प्रदेश प्रमुख नियुक्त

बुधबार, साउन १६, २०८१

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले तीन वटा प्रदेशको प्रदेश प्रमुख नियुक्त गरेका छन् ।

 

 

राष्ट्रपति पौडेलले संविधानको धारा १६३ को उपधारा २ बमोजिम  बागमती प्रदेशमा दीपक प्रसाद देवकोटा, लुम्बिनी प्रदेशमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेश प्रमुखमा यज्ञराज जोशीलाई नियुक्त गरेका हुन् ।

 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बागमतीमा दीपकप्रकाश देवकोटा, लुम्बिनीका कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशी प्रदेशको नाम नियुक्तिका लागि राष्ट्रपति कार्यालयलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

यसअघि राष्ट्रपति पौडेलले बागमतीका प्रदेश प्रमुख यादव चन्द्र शर्मा, लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन र कर्णालीका प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ । 

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १८:१८
प्रतिक्रिया दिनुहोस्