Nic Ad Nic Ad
Nic Ad Nic Ad

संविधान दिवसमा ६०१ कैदीलाई कैद मिनाहाको तयारी

बुधबार, साउन १६, २०८१

काठमाडौँ- यो वर्षको संविधान दिवसका दिन देशका विभिन्न जेलमा रहेका ६०१ कैदीलाई कैद मिनाहाको प्रस्ताव अगाडि बढाउने तयारी गरिएको छ ।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कारागार व्यवस्थापन विभाग महानिर्देशक जयनारायण आचार्यले असल चालचलनका आधारमा ६०१ कैदीलाई कैद माफीको प्रस्ताव अघि बढाउन लागिएको जानकारी दिए ।

देशका ७२ जिल्लाका ७५ कारागारमा हाल २८ हजार ६१३ कैदीबन्दी रहेका छन् ।

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १९:२५
प्रतिक्रिया दिनुहोस्