Nic Ad Nic Ad
Nic Ad Nic Ad

सहकारी अभियानका थालनीकर्ता थापासँग सहकारी छानबिन विशेष समितिले गर्‍यो छलफल

बुधबार, साउन १६, २०८१

काठमाडौँ- सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले सहकारी अभियानका थालनीकर्ता विश्ववन्धु थापा र ओरेन्टल सहकारीका सञ्चालक सुधिर बस्नेतसँग छलफल गरेको छ ।

बुधबार समितिले थापा र बस्नेतसँग छुट्टा-छुट्टै छलफल गरेको समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले बताए । उनले अभियन्ता थापाले २०१७ सालमा जुन उद्देश्यले सहकारीको अभियान थालनी भएको थियो, सो अनुसार चल्न नसक्दा अहिले समस्या आएको समितिलाई जानकारी दिएको बताए ।छलफलमा मान्छे असल भए संस्था बलियो हुने र अघि बढ्ने तथा खराब व्यक्ति भए राम्रो गर्न सम्भव नरहेको बताउनुभएको पनि सभापति थापाले जानकारी दिए । सभापति थापाले त्यो बेलामा साझा केन्द्रको अवधारणा पञ्चायतलाई राजनीतिक परिपाटीका रूपमा र साझालाई आर्थिक प्रणालीका रूपमा अगाडि बढाएको समितिलाई जानकारी दिएको उल्लेख गरे ।

उनले त्यो बेलाको साझा केन्द्रमा पनि सरकार परिवर्तन हुने बित्तिकै अध्यक्ष र प्रबन्धक परिवर्तन हुने भएकाले राम्रोसँग अघि बढ्न नसकेको बताएको उल्लेख गरे । थापाले राजनीतिक र सहकारी सञ्चालनको लागि असल व्यक्ति चाहिने बताएको जानकारी सभापति थापाले दिए ।

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  २०:३३
प्रतिक्रिया दिनुहोस्