Nic Ad Nic Ad
Nic Ad Nic Ad

डा. सुनिल शर्माविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय

बुधबार, साउन १६, २०८१

काठमाडौँ - महान्यायाधिवक्ता कार्यालयले सांसदसमेत रहेका डा. सुनिल शर्माविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको छ । कार्यालयले शर्माविरुद्ध शैक्षिक प्रमाणपत्र कीर्तेको आरोपमा मुद्दा नचलाउने निर्णय गरेको हो ।

नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले जिल्ला र उच्च सरकारी वकिल कार्यालयले गरेको निर्णय सदर गरेका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गत वर्ष शर्मालाई पक्राउ गरेको थियो, तर अदालतले उनलाई हिरासत बाहिर राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको थियो ।

त्यसपछि सीआईबीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले शर्माविरुद्ध मुद्दा दायर नगर्ने निर्णय गरेको थियो । उच्च सरकारी वकिल कार्यालयले पनि जिल्लाको निर्णय सदर गरी फाइल महान्यायाधिवक्ता कार्यालयमा पठाएको थियो ।

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  २१:०५
प्रतिक्रिया दिनुहोस्