Nic Ad Nic Ad
Nic Ad Nic Ad

लोक सेवाको अध्यक्ष नियुक्त गरी समयानुकूल निजामती ऐनको संशोधन गर्न निर्देशन

बुधबार, साउन १६, २०८१

काठमाडौँ-  बागमती प्रदेशको प्रदेश मामिला समितिले सरकारलाई ३ विषयमा निर्णयसहित निर्देशन दिएको छ । बुधबार बसेको प्रदेश मामिला समितिको बैठकले प्रदेश लोक सेवा आयोगसँग सम्बन्धित २ र विपद् व्यवस्थापनसँग सम्बन्धित एक निर्णयसहित सरकारलाई निर्देशन दिएको हो ।

सभापति छिरिङ दोर्जे लामाको अध्यक्षतामा बसेको बैठकले सरकारलाई गम्भीरताका साथ समितिले गरेका निर्णयहरू कार्यान्वयन गर्न निर्देशन दिएको छ । बैठकले प्रदेश लोक सेवा आयोगको अध्यक्ष तत्काल नियुक्त गर्न निर्देशन गरेको हो । आयोगको अध्यक्ष नियुक्त नहुँदा कर्मचारी व्यवस्थापन तथा नियुक्ति र बढुवा प्रक्रिया समेत प्रभावित भएकाले तत्काल अध्यक्ष नियुक्त गर्ने बैठकले निर्देशन दिएको छ ।
 

विगत ६ महिनादेखि प्रदेश लोक सेवा आयोग अध्यक्ष विहीन अवस्थामा रहेको छ । तत्कालीन अध्यक्ष सरेशमान श्रेष्ठको उमेरहदका कारण अवकाश प्राप्त भएकाले सो पद रिक्त रहेको छ । राजनीतिक दाउपेचका कारण आयोगको अध्यक्ष नियुक्ति हुन सकिरहेको छैन ।

बैठकले निजामती ऐनको समयानुकूल संशोधन गर्न निर्देशन दिएको छ । 

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  २१:१२
प्रतिक्रिया दिनुहोस्