निगमले पेट्रोलमा प्रतिलिटर एक, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य घटाएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ ।
नयाँ मूल्य अनुसार काठमाडौंमा पेट्रोल प्रतिलिटर १७० रुपैयाँ पर्नेछ । भने झापा, विराटनगर जनकपुर लगायतका स्थानमा १६७ रुपैयाँ ५० पैसा पर्नेछ ।
यस्तै डिजेल र मट्टितेल पहिलो वर्गमा प्रतिलिटर १५५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५७ रुपैयाँ र तेस्रो वर्गमा १५८ रुपैयाँ निगमले जनाएको छ । घटेको मूल्य आजै राति १२ बजेपछि लागू हुने निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।