Nic Ad Nic Ad
Nic Ad Nic Ad

बढ्ने भयो बरिष्ठ सईको तलब, सर्वोच्चले दियो परमादेश

बिहीबार, साउन १७, २०८१

काठमाडौं– पदीय हिसाबमा नेपाल प्रहरीका सब इन्स्पेक्टर (सई) भन्दा ठूलो भए पनि बरिष्ठ सईको तलब कनिष्ठ सो–सरह हुँदाको अवस्था परिवर्तन हुने भएको छ। 

सो विषयमा परेको मुद्दामा सर्वोच्च अदालतले सरकार, नेपाल प्रहरी प्रधान कार्यालयका नाममा तलब बढाउनका लागि परमादेश जारी गरेको छ। 

सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सारंगा सुवेदीको संयुक्त इजलासले वरिष्ठ सईहरुको तर्फबाट दायर भएका दुई वटा फरक–फरक रिटमा वरिष्ठ सईहरुको पक्षमा आदेश जारी गरेको थियो। 

वरिष्ठ सई विनय चन्दसहितका १४ वरिष्ठ सईहरुले गएको बर्षको पुस १६ गते मुद्दा दायर गरेका थिए। यहि असार १३ गते दुई वटा फैसला गरी सर्वोच्च अदालतले बरिष्ठ सईलाई न्याय दिएको हो। 

अब पुरानो पदको तलब नयाँ पदमा समायोजन भई वरिष्ठ सईले स्वत विगतको भन्दा थप तलब पाउने र सई र इन्सपेक्टरले जस्तै वरिष्ठ सईले ८ ग्रेडसम्म पाउने अवस्था सिर्जना भएको अधिवक्ता गणेश रेग्मीले जानकारी दिए। उनी पनि प्रहरीका अवकाशप्राप्त बरिष्ठ उपरिक्षक हुन्। 

बरिष्ठ सई प्रहरीका निम्ति दुई बर्षअघि मात्र ल्याएको नयाँ पद हो। 

वरिष्ठ सईमा बढुवा भएपछि उनीहरुले ४३ हजार ७३२ रुपैयाँ बुझ्दै आएका छन्। यो सईको भन्दा पनि कम तलब हो। 
 

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  ११:४४
प्रतिक्रिया दिनुहोस्