बाघको आक्रमणबाट कञ्चनपुरमा एक महिलाको मृत्यु
काठमाडाैं - कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
बिहीबार बिहान दोधारा चाँदनी नगरपालिका–२ कमला शाही टोलमा बाघको आक्रमणबाट सोही ठाउँकी २३ वर्षीया हीरा साहुको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार घर नजिकै उखुबारीमा घाँस काट्ने बेला साहुलाई बाघले झम्टिएको थियो।
घटनास्थलनजिकै बुधबार पनि बाघ देखा परेको स्थानीयले बताएका छन्।अहिले घटनास्थलमा प्रहरी पुगेको छ।
प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१ १२:२१
प्रतिक्रिया दिनुहोस्