Nic Ad Nic Ad
Nic Ad Nic Ad

१६ दिन लगाएर दुर्लभ हिउँचितुवाको फोटो खिचे ! (भिडिओ)

बिहीबार, साउन १७, २०८१

दर्शकहरू जीवनको हरेक मोडमा हामी सबै कुनै न कुनै अवसरको खोजीमा अनवरत लागिरहेका हुन्छौ । कतिपय अवसर समयसँगै आउने गर्छन् भने कहिलेकाहीँ अवसरहरू आफै पनि बनाउनुपर्ने हुन्छ ।

हाम्रो समाजमा विशेष गरी युवा जमातमा अवसरको अभावका कारण पछि परियो भन्ने जुन खालको भाष्य निर्माण भइरहेको छ , आज हामीले निम्ताएका अतिथि चुङ्वा शेर्पा पनि त्यही समाजबाट हुनुहुन्छ । हाल ६४ वर्षीय चुङ्वा शेर्पा सामान्यता जुनसुकै कर्ममा लागेको भए पनि ,अवकाश लिएर परिवारसँग समय बिताउनु पर्ने उमेरमा हुनुहुन्थ्यो तर ,उहाँले केही अलग सोच्नुभयो र , वन जङ्गल तथा वन्यजन्तुसँग नाता जोड्ने विचार गर्नुभयो ।

फलस्वरुप अहिले नेपालमा मात्र होइन सारा विश्वमा आफ्ना कर्मका माध्यमबाट नेपाललाई चिनाउन सफल हुनुभएको छ । उहाँ नेपालका विभिन्न वन जङ्गल तथा आरक्षण केन्द्रहरूमा दिनरात नभनी खटिएर विभिन्न दुर्लभ तथा दुर्लभ हुने स्थितिमा रहेका वन्यजन्तुहरूको तस्बिर खिच्दै आई रहनुभएको छ ।

भलै उहाँले गरेको कामको इतिहास धेरै पुरानो नहोला तर उहाँको काम अनि कामप्रतिको लगावले छोटो समयमा नै उहाँ फोटोग्राफीको यो विधामा चर्चाको शिखरमा पुग्न सफल हुनुभएको छ । त्यसो त उहाँले देश विदेशका धेरै भन्दा धेरै जीवजन्तुहरूको तस्बिर खिचिसक्नु भएको छ ,यही क्रममा ,केही समय पहिले विश्वमै दुर्लभ मानिएको हिम चितुवाको फोटो खिचिसकेपछि त झन् उहाँको चर्चा उत्कर्षमा पुगेको छ ।

आउनुहोस् आजको यस शृङ्खलामा हामीले उही प्रतिभाशाली फोटोग्राफर चुङ्वा शेर्पासँग उहाँका अनुभवहरू केलाउने जमर्को गरेका छौ ।

 

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १३:०४
प्रतिक्रिया दिनुहोस्