Nic Ad Nic Ad
Nic Ad Nic Ad

आज राति नेपाल टेलिकमको सेवा आंशिक बन्द हुने

बिहीबार, साउन १७, २०८१

काठमाडौँ- आज राति नेपाल टेलिकमको सेवा आंशिक रूपमा प्रभावित हुने भएको छ । नेपाल टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार बिहीबार राति ११ बजेदेखि चार घण्टाका लागि टेलिकमको सेवा आंशिक रूपमा बन्द हुने भएको हो ।

उनका अनुसार उक्त समयमा रिचार्ज र डाटा प्याकेज अवरुद्ध हुनेछ । कम्पनीले बिलिङ प्रणाली स्तरोन्नति गर्नका लागि चार घण्टा ती सेवा अवरुद्ध गर्नुपर्ने भएको जनाएको छ । तर उक्त समयमा मोबाइल भ्वाइस, डाटा एसएमएस, तथा पीएसटीएन, एफटीटीएच, आइपीटीभी सेवा यथावत सञ्चालन हुने टेलिकमले जारी गरेको सूचनामा भनिएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १३:११
प्रतिक्रिया दिनुहोस्